Wednesday, May 2, 2007

"लौन अब केहि त गरौ"



म एउटी शिक्षित केटी मेरा मनमा भित्र देखि नै सधै मैले केही राम्रो काम गर्नु पर्दछ भन्ने विभिन्न किसिमका सोचहरू आई नै रहन्थे तरपनि मैले के गर्ने र गर्न सक्छु भन्ने कुरा मा म कहिले पनि स्थिर रहिन ।दिउँसो कोठामा एक्लै बस्दा यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने अनेकौंकल्पनाहरू सिर्जना गर्दथें र बेलुका श्रीमान् अफिसबाट ति सबै कुराहरू ध्यानपूर्वक सुनिदिनु हुन्थ्यो र मेरो मनमा हौसला जगाई सुझावहरू दिनु हुन्थ्यो ।जसले गर्दा मलाई केही सामाजिक कार्य गर्न प्रति उत्साहित गरायो ।



हामी र्दुइ श्रीमान् श्रीमतीले एउटा माटोको खुत्रुके किनेका थियौं, जसमाहामीसँग यदि रुपैयाँका सिक्काहरू जम्मा भयो की त्यसैमा सधै खसाल्नेगर्दथ्यौं । हामीले एक दिन त्यो खुत्रुकेमा जम्मा भएको पैसाले कोही गरिवकोछोरा छोरीलाई पर्ढाई खर्च दिने निर्णय गर्‍यौं तर कसलाई दिने त्यो भनेनिर्णर्य गर्न सकिरहेका थिएनौं ।



एक दिन मेरो श्रीमान् कामको शिलशिलामा बाँके जिल्ला समशेरगञ्जगाविसमा जाँदा एउटी मुक्त कमैया, आफ्नो भन्ने सम्पत्तिको नाउँमा केहीनभएकी महिलाले आफ्नो दुइवटी छोरीहरूलाई पढाउने साह्रै रहर भएकोतर भर्ना खर्च रु। १५० पनि आफ्नो साथा नभएकोले सहायताको लागिसवैसँग अनुरोध गरिरहेकी कुरा थाहा पाएर, हामीले त्यहि महिलाकाछोराछोरीहरूलाई पढ्नको लागि आफूले सक्दो सहायता गर्ने निर्णयगर्‍यौं ।



नेक काममे देर किस बात की- भन्ने सोच राखेर हामी बैशाख ११ गतेसारा नेपालीहरू लोकतन्त्र दिवस मनाई रहेका बेलामा, नेपालगञ्जकोबैशाख महिनाको मध्य घाममा दिनको ठिक ११ बजे तिर हामी दुइ रहाम्रो २० महिने छोरालाई साथमा लिएर कोहलपूर तर्फप्रस्थान गर्‍यौं ।कोहलपूरमा पुग्दा हामीलाई उनी बस्ने ठाउँ पत्ता लगाउन केही समयलाग्यो । हामी उनको ठाउँ खोजीकै शिलशिलामा कोहलपूर नजिकैएउटा ठाउँ जहाँ मुक्त कमैयाहरू विस्थापित भएर वस्ती बसालेको स्थानमापुग्यौं । जहाँ थुप्रै झुपडीहरू देखिन्थे, त्यही झुपडीहरूको माझबाट बल्लतल्ल हामीले ती महिला -फूलवती चौधरी को बस्ने ठाउँ पत्ता लगायौं रउनलाई भेट्न गयौ । त्यहाँ पुग्दा उनले हामीलाई आफ्नो सानो झुपडीभित्र डोरीको खटियामा बस्न अनुरोध गरिन् । बाहिर मध्य घाम त्यसैलेहामी पनि भित्रै बस्यौं र उनीसँग कुराकानी गर्न थाल्यौं ।



हुन पनि त्यहाँ पुगेर उनीहरूको अवस्था देख्दा, कुराहरू सुन्दा मन मैचस्सा घोचेरा आयो । कस्तो दुखित अवस्था, सम्झँदा नै मन कट्क्क हुन्छ ।कुराकानीको दौरानमा उनी भन्दै थिन्- 'सर मैले आफूले पढ्न नपाएर आजयस्तो दुःख पाएको हुँदा छोरा छोरीले मैले जस्तो दुःख नपाउन् भनेर स्कुलमापढाउन खोजी रहेको छु तर स्कुलले निःशुल्क शिक्षा भने पनि भर्ना शुल्क रु. १५० लिने रहेछ र ड्रेस पनि हाल्नु पर्ने रहेछ ।'



उनी भन्दै थिईन - 'म जस्तोले कहाँबाट दुइवटी छारीलाई भर्ना गर्न रु. ३००।- लेराउने, श्रीमान् सिकर्मीको काम गर्नु हुन्छ, विरामी हुनु भएकोलेकाममा जान सक्नु भएको थिएन, तीन दिन देखि भोको पेट छ, अलिकतिचामल थियो बिहान छोराछोरीलाई माड बनाएर खुवाएँ, मैले कहाँ स्कुलपढाउने पैसा ल्याउने, जहाँ जो भेट्यो सहायताको लागि भन्दै हिड्छु ।'



दुइवटी छोरी र एउटा काखे बालक च्यापेर एउटी आईमाईले आफ्नो लाचारविवस्ताहरू पोख्दा मन भित्र भक्कानो फुट्ला झै भयो । म पनि एउटी आमाआफ्नो सन्तानले त्यति बेला दुध खान एक घण्टा मात्र ढिला हुँदा छट्पटाइरहेको थियो भने तीन बच्चाकी आमालाई आफ्नो सन्तानहरूलाई एक छाकखुवाउन पनि धौ धौ हुँदाको अवस्था कस्तो हुँदो हो, त्यो वास्तविकता हामीजस्ता सुखसयल भोगीहरूले सायद कहिले पनि बुझ्न सकदैनौ होला। उनीहरूकोगरिवी कहाली लाग्दो थियो । चारै तिर देशमा लोकतन्त्रको खुशीयाली मनाईरहेको अवस्थामा उनीहरूलाई के हो लोकतन्त्र केही थाहा थिएन, केवल थाहा थियो त पेटको भोकतन्त्र, गरिवीवको लाचारतन्त्र







मैले भर्खरै मात्र लेखक विश्वरमण न्यौपानेको 'किन?' भन्ने पुस्तक अध्ययनगर्ने मौका पाएको थिएँ । जसमा उहाँले नेपाली चेलीहरू किन वेश्याबृती जस्तोकुलतमा फसिरहेको छन् त भन्ने खोजमूलक लेख ती चेलीहरूको बारेमा लेख्नुभएको थियो । सो किताव अध्ययन गर्दा मलाई लाग्यो । गरिवी भन्ने कुरात्यस्तो चिज रहेछ जस्ले गर्दा मानिसले आफ्नो पहिचान, अस्थित्व रइज्जतलाई समेत विर्सन तयार हुनु पर्ने रहेछ र जसले गर्दा हाम्रा चेलीहरूघृणित कार्यमा फसि रहेका छन् । यदि हामीले कसैलाई अलिकति आफ्नोसक्दो सहयोग गर्न सकेमा उनीहरूलाई त्यस्तो नरकिय जीवन जीउन वाध्यहुन पर्दैन ।



'शिक्षा नै सुखमय जीवन सुभारम्भ हो ।' भन्ने सोचाईले हामीले ती दुइ दिदिबहिनी सुस्मिता चौधरी र अस्मिता चौधरीलाई स्कुल भर्ना गर्न र गरिसकेपछि लाग्ने खर्च दियौं र आफूले सक्ने बेला सम्म उनीहरूलाई पढार्ई दिन्छौभनि, बेला बेलामा फेरी आउने बाचा पनि गर्‍यौं । ती भोका पेटका बच्चाहरूले एक टुक्रा सूकेकेi रोटी टोकी रहेको देख्दा मन नै भारि भयो र केही पैसा पनि फूलवती चौधरीलाई दियौं । आज हाम्रो देशमा सरकारले ती कमैयाहरूलाई मुक्तगरिदिए ता पनि उनीहरू को उचित व्यवस्थापन नगरिदिनाले सुस्मिता र अस्मिताजस्ता कयौं वालवालिकाहरू शिक्षाको अवसरवाट वञ्चित हुनु परिरहेको छ ।त्यसैले अव सरकारको मात्र मुख नताकि हामी सवै मिलि"लौन अब केहि त गरौ" ।



By: Sona Poudyal

No comments: